Skip to content

सहाराले एनएसजेफ गण्डकीको अक्षयकोषमा ५१ हजार सहयोग

पोखरा । एनएसजेफ (नेपाल खेलकुद पत्रकार मञ्च) गण्डकीको पत्रकार कल्याणकारी अक्षयकोषमा पोखराको सहारा क्लवले सहयोग गरेको छ । सहारा क्लवको २६ औं बार्षिकोत्सवको अवसरमा क्लवले आइतबार उक्त सहयोग रकम बराबरको चेक मञ्चलाई हस्तान्तरण गरेको हो ।

प्रमुख अतिथी गण्डकी प्रदेशका समाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापा, क्लवका अध्यक्ष केशवराज बरालले संयुक्त रुपमा सो रकम बराबरको चेक मञ्च गण्डकीका अध्यक्ष दीननाथ बराललाई हस्तान्तरण गर्नु भएको हो । यस अघि मञ्च गण्डकीको उक्त अक्षयकोषमा निवर्तमान महासचिव विजय नेपालले ११ हजार १११ रुपैयाँ, पूर्व सल्लाहकार एवं अग्रज फोटो पत्रकार सुदर्शन रञ्जितले २५ हजार र एनएसजेफ गण्डकीका अध्यक्ष दिननाथ बरालले १० हजार रुपैया सहयोग गरेको छ । मञ्च गण्डकीले १० लाखको अक्षयकोष स्थापना गर्ने लक्ष्य राखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *