बाग्लुङ

गोरखाका ३ ठाउँमा बालुवा उत्खनन् र बागलुङमा तामा उत्खननका लागि अनुमति

खानी तथा भूगर्भ विभागले देशभरका आठ स्थानको खनिज अध्ययन तथा उत्खननका अनुमति प्रदान गरेको छ । विभागले देशभरका आठ स्थानको चुनढुङ्गा, मार्बल, काउलिङ, बालुवा र तामालगायतका खनिज पदार्थको उत्खनन तथा अध्ययनका लागि विभिन्न कम्पनीलाई अनुमति प्रदान गरेको हो । विभागका अनुसार धादिङको तान्द्राङगढी र जुरेथुममा चुनढुङ्गा उत्खननका लागि अनुमति प्रदान गरिएको छ । तान्द्राङगढीमा सर्वोत्तम सिमेन्ट र जुरेथुमममा शक्ति सिमेन्ट उद्योगलाई उत्खननका लागि अनुमति प्रदान गरिएको विभागका प्रवक्ता जयराज घिमिरेले जानकारी दिनुभयो । यसैगरी, भीमफेदीको मार्बल उत्खननका लागि अरिटेन्ट मिनलर… पुरा पढौ

मन्त्रालयको अनुगमनका मुख्यमन्त्री पोखरेल, नागरिकले अनुभूति गर्नेगरी काम गर्न निर्देशन

पोखरा, ४ कात्तिक/ गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बिहीबार प्रदेशका मन्त्रालयहरुको स्थलगत अनुगमन गरेका छन् । पोखरेल नेतृत्वमा सरकार गठनभएसँगै मन्त्रालय थप हुँदा भौतिकदेखि जनशक्ति व्यवस्थापनमा देखिएका समस्याबारे जानकारी लिन र समाधानको पहलका लागि मुख्यमन्त्री पोखरेलले अनुगमन गरेका हुन् । प्रथम चौमासिकको अहिलेसम्मको मन्त्रालयगत प्रगतिबारे लिँदै उनले उपलब्ध स्रोत साधनको अधिकतम प्रयोग गरी उपलब्धि हासिल गर्न कर्मचारीलाई निर्देशन समेत दिएका छन् । साढे ३ वर्ष अगाडि अस्तित्वमा आएको प्रदेश सरकारले जिल्लास्तरमा समेत आफ्ना संरचना विस्तार गर्दै गएको छ ।… पुरा पढौ

विदेशबाट फर्किएर ड्रागन फ्रुट खेती

पछिल्लो समय अत्यधिक बजार माग भएको ड्रागन फ्रुटको बागलुङमा समेत व्यावसायिक खेती गर्न थालिएको छ । बागलुङको काठेखोला गाउँपालिका–१ पाला करिनाका प्रतिमान थापाले वैदेशिक रोजगारपछि गाउँको बाँझो जग्गा सदुपयोग गरी ड्रागन फ्रुटको व्यावसायिक खेती थालेका हुन् । कोरियामा चार वर्ष बिताएका थापाले अहिले गाउँ फर्केर व्यावसायिक रुपमा ड्रागन फ्रुट खेतीमा लागेका हुन् । थापाले आफ्नै गाउँठाउँमै श्रम गरेर व्यवसायी बन्ने उद्देश्यले अहिले १५ रोपनी जग्गामा फलफूलखेती सुरु गरेका छन् ।उनले रु २० लाख लगानीमा केही बाँझो र केही कोदो र… पुरा पढौ

गलकाेटमा २२५ को निःशुल्क आँखा उपचार

गलकोट नगरपालिका–७ मल्ममा बिहीबारदेखि आजसम्म चलेको निःशुल्क आँखा शिविरबाट २२५ जनाले लाभ लिएका छन् । श्रीकृष्ण–भैरव आँखा उपचार केन्द्रद्वारा आयोजित शिविरमा ३८ जनाको आँखाको शल्यक्रिया गरिएको छ । अन्यले आँखा परीक्षण र उपचार सेवा पाएको केन्द्र व्यवस्थापन समितिका अध्यक्ष लोकबहादुर थापाले जानकारी दिए । शिविर सञ्चालनका लागि भैरहवामा रहेको श्रीकृष्ण नेत्रालयले प्राविधिक र चिकित्सकीय सेवा उपलब्ध गराएको थियो । नेत्रालयका नेत्र विशेषज्ञ डा सल्मा केसीलगायतको टोलीले आँखाको शल्यक्रिया गरेका थिए । शल्यक्रियामा लाग्ने खर्चका लागि हरिकृष्ण आई केयर फाउण्डेशन र… पुरा पढौ

एक वडा एक हेलिप्याड बागलुङ र पर्वतमा नारा पुग्यो, योजना पुगेन

सरकारले बजेटमै उल्लेख गरेको एक वडा एक हेलिप्याड कार्यक्रम बागलुङ र पर्वतमा नारामै सीमित भएको छ । साबिक धौलागिरिका म्याग्दी र मुस्ताङका सबै वडामा हेलिप्याड बने पनि अञ्चल सदरमुकामसमेत रहेको बागलुङ र पर्वतमा यो कार्यक्रम केही वडामै खुम्चिएको हो । यी दुई जिल्लाका सदरमुकामको कुनै वडामा हेलिप्याड छैनन् ।तत्कालीन केपी शर्मा ओलीको सरकारले राष्ट्रपति उद्धार कार्यक्रमअन्तर्गत वडा–वडामा हेलिप्याड निर्माण गर्ने योजना बनाएको थियो । तर, योजनाले सार्थकता नपाउँदा समस्या भएको जनप्रतिनिधिहरू बताउँछन् । बागलुङ नगरपालिका–२ का वडा सदस्य सुरज बोसेल… पुरा पढौ

ढोरपाटनमा यस वर्षको सिकार खुला, सात नाउर र पाँच झारलको सिकार अनुमति

पर्यटकीय गन्तव्य बागलुङको ढोरपाटन सिकार आरक्षमा यस वर्षको पहिलो सिकार याम सुरु भएको छ ।नेपालभन्दा विदेशमा बढी चर्चा हुने आरक्षमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले यसपालि सात नाउर र पाँचवटा झारलको सिकार अनुमति दिएको छ । यहाँ कात्तिक २ देखि मंसिरसम्म सिकार पर्यटन जारी रहनेछ । अनुमति लिएरै सिकार खेल्न पाइने नेपालको एक मात्र आरक्ष ढोरपाटनमा गत वर्ष कोरोनाको कारण विदेशी पर्यटक सिकार खेल्न आएका थिएनन् । आरक्षले एक आर्थिक वर्षमा दुई याम असोज र कात्तिक तथा चैत र… पुरा पढौ

१४औँ महाधिवेशनपछि काँग्रेसमा गुटको अन्त्य : रामचन्द्र पौडेल

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले १४औँ महाधिवेशनपछि नेपाली काँग्रेसमा गुटउपगुटको अन्त्य भएर जाने विश्वास व्यक्त गरे। उनले गुटउपगुटले काँग्रेस कमजोर भएर जाने भन्दै यसको अन्त्य गरी पार्टी एकजुट भएर अगाडि बढ्ने बताए। बागलुङस्थित नेपाली काँग्रेस काठेखोला गाउँपालिका–५ बिहुँले आउँदै गरेको शुभदिपावलीलगायत चाडपर्वका अवसरमा आज आयोजित शुभकामना आदानप्रदान तथा कार्यकर्ता भेटघाट कार्यक्रममा नेता पौडेलले काँग्रेसलाई अब गुटको हिसाबले नभएर सिङ्गो काँग्रेसको हिसाबले हेर्न आम कार्यकर्तालाई आग्रह गरे। “हामी १४औँ महाधिवेशनमा छौँ, अहिले शेरबहादुर देउवा पक्ष, रामचन्द्र पक्ष भनिए पनि यो… पुरा पढौ

जापानबाट फर्केका घर्ती दम्पतीले ताराखोलामा सुरू गरे व्यावसायिक कालिजपालन

कोरोना सङ्कट र सकसकै समयमा बागलुङको ताराखोला गाउँपालिकाका ललितबहादुर घर्ती र मनकुमारी घर्ती दम्पतीले भने लाखौँको लगानीमा गाउँमै नयाँ आम्दानीको सम्भावना खोज्न थालेका छन् । ताराखोला गाउँपालिका-२ सिलेका घर्तीले व्यावसायिक कालिज फार्म सञ्चालन गरेका छन् । लामो समय वैदेशिक रोजगारीका क्रममा जापानमा बसेका घर्ती दम्पतीले अहिले गाउँमै दुई सय २५ वटा कालिज पालेर व्यवसाय सुरु गरेका छन् । पाँच रोपनी जग्गामा नुवाकोटबाट उन्‍नत जातका कालिज ल्याएर व्यावसायिक यात्रा थालेको उनको भनाइ छ । ‘साढे ५ वर्ष जापानमा आफ्नो पसिना बगाए… पुरा पढौ