अमेरिकाको मिनेसोटा राज्यमा सोमाली मूलका उबर चालक मोहम्मद युसुफ यात्रुको आक्रमणबाट गम्भीर घाइते भएका छन् । शनिबार हप्किन्स क्षेत्रमा भएको घटनापछि उनी अस्पतालमा कोमामा रहेको परिवारले जनाएको छ ।
युसुफको परिवारले उनको नाम र सोमाली पहिचानलाई लिएर यात्रुले असन्तुष्टि व्यक्त गरेपछि आक्रमण गरेको आरोप लगाएको छ । परिवारले घटनालाई घृणाजन्य अपराधको संज्ञा दिँदै निष्पक्ष अनुसन्धानको माग गरेको छ ।
हप्किन्स प्रहरीले घटनामा संलग्न भएको आशंकामा एक पुरुषलाई नियन्त्रणमा लिएको छ। प्रहरीले आक्रमणमा जातीय वा धार्मिक पूर्वाग्रहले भूमिका खेलेको हुन सक्ने सम्भावनासहित अनुसन्धान भइरहेको जनाएको छ ।
मुस्लिम अधिकारवादी संस्था CAIR ले पनि सम्भावित घृणाजन्य अपराधको कोणबाट अनुसन्धान गर्न माग गरेको छ ।
मिनेसोटाका महान्यायाधिवक्ता किथ एलिसनले दोषीलाई जवाफदेही बनाइने बताएका छन्। सांसद इल्हान उमरले सोमाली समुदायलाई लक्षित घृणापूर्ण अभिव्यक्तिको वास्तविक परिणाम यस्ता घटनामा देखिने टिप्पणी गरेकी छन् ।
आक्रमणमा युसुफलाई ज्यान जोखिममा पर्ने चोट लागेको प्रहरीले जनाएको छ। घटनामा जातीय वा धार्मिक घृणाको भूमिका थियो कि थिएन भन्नेबारे अनुसन्धान जारी छ ।एजेन्सी
ि
