किशोरदत्त बराल
परिवर्तित काङ्ग्रेस हराएको सूचना !
समुदायसँग काङ्ग्रेसलाई जोड्ने भनाइ भित्र काङ्ग्रेस खोजीरहेको छु, कतै भेटिएको छैन।
सभा–समारोह छोटो, मिठो र सन्देशमूलक बनाउने प्रतिबद्धताभित्र काङ्ग्रेस खोजिरहेको छु, भेटिएको छैन।
नयाँ, सिर्जनशील र गुणस्तरीय कार्यक्रमहरूको अपेक्षाभित्र काङ्ग्रेस खोजिरहेको छु, भेटिएको छैन।
अब प्रश्न उठ्छ–
कहाँ छ परिवर्तित काङ्ग्रेस ?
कहाँ खोज्नुपर्ने हो परिवर्तित काङ्ग्रेसलाई ?
अझै पनि एयरपोर्टमा ? होटलमा ? नेताहरूका घरमा ? कि भाषणहरूमा ?
परिवर्तित काङ्ग्रेस हराएको होइन भने, अब खोज्ने होइन, व्यवहारमै देखाउने बेला भएन र ?
प्रश्नहरु मरेका छैनन् , प्रश्नहरु मर्नु पनि हुदैन । प्रश्नहरु भित्र पार्टी रुपान्तरणको बलियो शक्ति लुकेको हुन्छ ।
यो कुनै व्यक्ति वा नेतृत्वप्रतिको आग्रह, पूर्वाग्रह वा विरोध होइन। यो आफ्नै पार्टीप्रतिको विश्वास, अपेक्षा र जिम्मेवारीबोधबाट जन्मिएको चासो र प्रश्न हो।”
जय नेपाल ।
