घोप्टेभिरमा सुख्खा पहिरो, पृथ्वी राजमार्ग दुइतर्फी अवरूध्द

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभीरमा सुख्खा पहिरो खस्दा पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध भएको छ।

आज बिहान करिब ५ बजेदेखि सडक माथिबाट सुख्खा पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको हो।

पहिरोका कारण राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा ठप्प भएको छ। पहिरो हटाएर सडक पुनः सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ।

Exit mobile version