राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले देशका ४८ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न गरेको छ। पार्टीले आगामी मंसिरमा हुने महाधिवेशनलाई लक्षित गर्दै संगठन सुदृढीकरण अभियानअन्तर्गत जिल्ला अधिवेशनलाई तीव्रता दिएको हो।
पोखरामा हालै सम्पन्न जिल्ला अधिवेशनले नारायण गुरुङलाई अध्यक्षमा सर्वसम्मत चयन भएका छन् । उनी अघिल्लो कार्यकालसमेत अध्यक्ष रहेका थिए ।
राप्रपाका अनुसार अधिवेशनबाट ४८ जिल्लामा नयाँ जिल्ला अध्यक्ष निर्वाचित भएका छन्। पार्टीले भदौ मसान्तभित्र सबै जिल्लाको अधिवेशन सम्पन्न गर्ने गरी कार्यतालिका बनाएर अघि बढिरहेको जनाएको छ।
राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार बाँकी जिल्लामध्ये अधिकांशमा अधिवेशनको मिति तय भइसकेको छ। ती जिल्लामा आवश्यक तयारी भइरहेको उनले बताए। उनका अनुसार शुक्रबार, भदौ २६ गते महोत्तरीमा जिल्ला अधिवेशन आयोजना हुँदैछ।
राप्रपाले आगामी मंसिर २६, २७ र २८ गते पार्टीको महाधिवेशन गर्ने मिति यसअघि नै घोषणा गरिसकेको छ। महाधिवेशनको तयारीस्वरूप भदौ मसान्तभित्र स्थानीय तह तथा जिल्ला अधिवेशन सम्पन्न गर्ने कार्यतालिका बनाइएको पार्टीले जनाएको छ।
अध्यक्षहरूको नामावली
१. ताप्लेजुङ – अमृत कुमार सावदेन
२. इलाम – तारा प्रसाद नेपाल
३. झापा – केशव प्रसाद ओझा
४. मोरङ – मनोज बस्नेत
५. तेह्रथुम – टंकप्रसाद अधिकारी
६. सोलुखुम्बु – राजेन्द्र बस्नेत
७. ओखलढुंगा – पदम कुमारी गुरुङ
८. खोटाङ – ललित राई
९. संखुवासभा – दीपेन्द्र भण्डारी
१०. उदयपुर – ध्रुव रायमाझी
११. सप्तरी – उम्देश्वर प्रसाद साह
१२. सिराहा – शम्भु प्रसाद यादव
१३. सर्लाही – विजय यादव
१४. पर्सा – बिना जयसवाल कुर्मी
१५. रामेछाप – भरत वाइवा
१६. सिन्धुपाल्चोक – निलध्वज थापा
१७. काभ्रेपलाञ्चोक – सहदेव भण्डारी
१८. भक्तपुर – अर्जुन कार्की
१९. चितवन – चेतनाथ वाग्ले
२०. लमजुङ – क्या. केविन्द्र जंग गुरुङ
२१. मुस्ताङ – जेम्स हिराचन
२२. गोरखा – रमेशरमण खनाल
२३. म्याग्दी – वीरबहादुर थापा क्षेत्री
२४. पर्वत – शेरबहादुर उचाइ ठकुरी
२५. बागलुङ – विष्णुप्रसाद सापकोटा
२६. तनहुँ – इमबहादुर केसी (केदार)
२७. स्याङ्जा – ऋषिराम लामिछाने
२८. नवलपुर – विष्णुप्रसाद अधिकारी
२९. कास्की – नारायण गुरुङ
३०. नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) – रामभवन यादव
३१. रोल्पा – अम्मरबहादुर थापा
३२. गुल्मी – त्रिविक्रम चन्द
३३. पाल्पा – डुलबहादुर कुँवर
३४. बर्दिया – हेमन्त प्रकाश गिरी
३५. कपिलवस्तु – नारायणबहादुर सिंह
३६. दाङ – प्रेम शाह
३७. रुपन्देही – सागरप्रताप राणा
३८. मुगु – वीरचन्द बुढा
३९. हुम्ला – विकास महत
४०. सल्यान – प्रदीप थापा
४१. रुकुम पश्चिम – खम्बु खत्री
४२. दैलेख – सुरत केसी
४३. डोटी – खडकप्रसाद अग्रवाल
४४. बैतडी – इन्द्रदेव शरण भट्ट
४५. कालिकोट – मदन रोकाया
४६. भोजपुर – जनक नेपाल
४७. बारा – विनोद भारती
४८. दोलखा – गंगाबहादुर बस्नेत (रामहरि)
