पोखरा । संगम क्लब पोखरा–१३ को पाँचौँ साधारणसभा तथा चौथो अधिवेशनले नरेन्द्रजंग गुरुङलाई पुनः अध्यक्षमा सर्वसम्मत रूपमा चयन गरेको छ । अधिवेशनले गुरुङको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति पनि सर्वसम्मत रूपमा चयन गरेको हो ।
नवनिर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा प्रजापति गुरुङ, उपाध्यक्षमा टेक तामाङ र प्रकाश गुरुङ, कोषाध्यक्षमा पूर्णबहादुर गुरुङ, सहकोषाध्यक्षमा राजप्रसाद तामाङ, महासचिवमा आशिष गुरुङ तथा सचिवमा आयुष गुरुङ चयन भएका छन् ।
त्यस्तै सदस्यहरूमा प्रतिमा, प्रिया, भक्तबहादुर, किसान, दिनेश, मुक्ति, इन्द्र गुरुङ, अमृत घिसिङ, अनिश तामाङ, सुजन नेपाली, मुक्ति परियार, असिम गुरुङ र शुसन गुरुङ चयन भएका छन् ।
अधिवेशनका अवसरमा क्लबले एकेडेमीका क्याप्टेन तक्दिर घलेलाई सम्मानसमेत गरेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं। १३ का अध्यक्ष किरण बरालले संगम क्लब सामाजिक क्षेत्रमा सक्रिय र उदाहरणीय संस्था बन्दै गएको बताए । क्लबले आयोजना गर्ने कार्यक्रम तथा सामाजिक गतिविधिलाई व्यवस्थित, प्रभावकारी र नमुना बनाउँदै लैजानुपर्ने उनको सुझाव थियो ।
अध्यक्ष बरालले सामाजिक क्षेत्रमा क्लबले गर्ने हरेक गतिविधिमा संगम क्लबको पहिचान र शैली झल्किनुपर्ने बताउँदै आगामी दिनमा अझ सक्रिय भएर सामाजिक कार्यमा अघि बढ्न शुभकामना दिए ।
अध्यक्ष नरेन्द्रजंग गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कोषाध्यक्ष सचिन गुरुङले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए। कार्यक्रमको सञ्चालन क्लबका सहसचिव विशाल गुरुङले गरेका थिए ।
साधारणसभा तथा अधिवेशनमा क्लबको वार्षिक गतिविधि, आर्थिक प्रतिवेदन तथा आगामी कार्ययोजनामाथि छलफल गरिएको थियो । अधिवेशनले नरेन्द्रजंग गुरुङको नेतृत्वलाई सर्वसम्मत रूपमा निरन्तरता दिँदै क्लबका आगामी गतिविधिलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ ।
यसैबीच, नयाँ कार्यसमितिको पहिलो बैठकले सूर्यबहादुर गुरुङ, भीमबहादुर गुरुङ, गंगाबहादुर गुरुङ, ज्ञानु गुरुङ, निर्मला गुरुङ, गणेश गुरुङ र समिर बस्नेतलाई सल्लाहकारमा मनोनयन गरेको छ ।