गल्छीमा ग्यास बुलेट दुर्घटना हुँदा मुग्लिन–काठमाडौँ सडक अवरुद्ध

चितवनबाट काठमाडौँतर्फ जाँदै गरेको ग्यास बुलेट धादिङमा दुर्घटनामा भएको छ । दुर्घटनामा परी बुलेटका चालक घाइते भएका छन् ।

धादिङको गल्छी गाउँपालिका–७ मच्छेडी खोलामा चितवनबाट काठमाडौँ आउँदै गरेको एचआर ३८ एएल ३३६७ नम्बरको भारतीय ग्यास बुलेट दुर्घटनामा परेको हो ।

दुर्घटनाका कारण अहिले मुग्लिन–काठमाडौं सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ ।

तस्बिर: मुग्लिन बजार

Exit mobile version