नेपालमा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउँदा हुने दुर्घटनाका कारण गएको मंसिर महिनामा मात्रै ६ जनाले ज्यान गुमाएका छन् ।
नेपाल प्रहरीले सार्वजनिक गरेको मासिक तथ्यांकअनुसार देशभर भएका २२५ दुर्घटनामा परी २९५ जना घाइते भएका छन् ।
तथ्यांकअनुसार मापसेका कारण हुने सवारी दुर्घटना र मृत्युदरमा लुम्बिनी प्रदेश सबैभन्दा अगाडि देखिएको छ । लुम्बिनीमा ८० वटा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने १०७ जना घाइते भएका छन् ।
यस्तै, गण्डकी प्रदेशमा दुर्घटनाको संख्या कम भए पनि मृत्युदर भने उच्च देखिएको छ । गण्डकीमा केवल ३ वटा दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ भने ३ जना घाइते भएका छन् । क्षतिको तुलनात्मक विवरण हेर्दा गण्डकी प्रदेश लुम्बिनीपछि दोस्रो स्थानमा रहेको छ ।
काठमाडौं उपत्यकामा ४८ दुर्घटनामा १ जनाको मृत्यु र ५५ जना घाइते भएका छन् । अन्य प्रदेशहरू कोशी, मधेश, बागमती, कर्णाली र सुदूरपश्चिममा मापसेका कारण मानवीय क्षति नभए पनि घाइतेको संख्या उल्लेख्य रहेको प्रहरीको तथ्यांकले देखाएको छ ।
प्रदेशगत विवरण:
- लुम्बिनी: ८० दुर्घटना, ३ मृत्यु, १०७ घाइते
- गण्डकी: ३ दुर्घटना, २ मृत्यु, ३ घाइते
- काठमाडौं उपत्यका: ४८ दुर्घटना, १ मृत्यु, ५५ घाइते
- कोशी: ४३ दुर्घटना, ५७ घाइते
- मधेश: २८ दुर्घटना, ३९ घाइते
- बागमती (उपत्यका बाहिर): १० दुर्घटना, १४ घाइते
- कर्णाली: ७ दुर्घटना, १० घाइते
- सुदूरपश्चिम: ६ दुर्घटना, १० घाइते
