सुभाषलाई ७ मतले हराउँदै कास्की २ को सभापतिमा नबिन विजयी

नेपाल कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत कास्की क्षेत्र नम्बर २ को सभापतिमा नबिन बराल बिजयी भएका छन् ।

क्षेत्रीय सभापतिका लागि मंगलबार भएको निर्वाचनको परिणाममा बरालले १ सय ४९ मत प्राप्त गर्दै विजयी भए ।

सभापति पदमा सुभाष सिग्देल १ सय ४२, देवराज आचार्य १ सय ३१ मत प्राप्त गर्दा देवकृष्ण पराजुली ९४ मत प्राप्त गरे ।

५ सय ५४ प्रतिनिधि रहेको यस क्षेत्रमा ५ सय ४० मत खसेको थियो। प्रदेश सभा क्षेत्रतर्फ २ क मा २ सय ५६ र ख मा २ सय ८४ मत खसेको थियो ।

Exit mobile version