कांग्रेस कास्की – १ को सभापतिमा वडाध्यक्ष नरेन निर्विरोध निर्वाचित

पोखरा महानगरपालिका वडा नम्बर २६ का वडाध्यक्ष नरेन्द्र थापा ‘नरेन’ नेपाली कांग्रेस कास्की–१ ‘क’ को सभापतिमा निर्विरोध चयन भएका छन् ।

कास्की–१ ‘क’ मा ध्रुव न्यौपाने, नारायणकुमार श्रेष्ठ, शिवराज अधिकारी र मुराहरि कोइराला आकांक्षी थिए । उनीहरू सबै जना नरेनलाई सभापति बनाउन सहमति भएपछि उनी निर्विरोध भएका हुन् ।

यता, क्षेत्रीय सभापतिमा सरोज केसी, ओमप्रकाश गुरुङ र अप्सरा श्रेष्ठ प्रतिस्पर्धामा रहेका छन् । यसको छिनोफानो आज हुने मतदानले गर्नेछ । त्यस्तै, कास्की–१ ‘ख’ तर्फ अर्जुन गुरुङ र यम गुरुङबीच प्रतिष्पर्धा जारी छ ।

कास्की क्षेत्र नम्बर २ मा ४ जनाबीच प्रतिस्पर्धा भइरहेको छ । कांग्रेस नेता देवकृष्ण पराजुली, नवीन बराल, सुवास सिग्देल देवराज आचार्यबीच प्रतिस्पर्धा भएको छ ।

कास्की– ३ को क्षेत्रीय सभापतिमा सांसद प्रकाश बराल र नेता विष्णुबहादुर क्षेत्रीबीच प्रतिस्पर्धा भएको हो । कास्कीका ३ वटै क्षेत्रमा आज निर्वाचन हुँदैछ ।

आजको निर्वाचनबाट प्रदेश तथा क्षेत्रका पदाधिकारी, सदस्य र महाधिवेशन प्रतिनिधि निर्वाचित हुनेछन् ।

Exit mobile version