पोखरा ।
जनप्रिय मावि सिमलचौर पोखरा ८ मा कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीलार्ई कक्षा १२ उत्तिर्णसँगै रोजगारीमा जोडने सीप सिकाईएको छ । २ वर्षसम्म विद्यालयले दैनिक १ घण्टा ३० मिनेटको कक्षा ३० जना विद्यार्थीलाई कम्प्युटर ल्यावमा सीप सिकाउन थालेको विद्यालयका प्रअ देवीप्रसाद वस्ताकोटीले जानकारी दिए ।
ड्रिम फाउन्डेसन कोरियाको सहयोगमा सुरु भएको कम्प्युटर सीपले आधुनिक बजारलाई चाहिने जनशक्ति उत्पादन गर्ने जनाएको छ । कम्प्युटर कक्षा उद्घाटन सभामा सोलिडारिटी फर डेभलपमेन्ट अफ नेपालका अध्यक्ष ज्ञानप्रसाद श्रेष्ठले प्राविधिक तथा सीपमुलक शिक्षा प्रदानसँगै नेपाली जनशक्ति विदेश पलायन हुनबाट रोक्ने अभियान रहेको बताए । श्रेष्ठले जनप्रिय माविको नमुना ल्यावबाट सिक्ने विद्यार्थीलाई शुभकामना दिँदै रोजगारको हिसावले नेपालको विकल्प नेपाल नै बनाउने अभियानमा एसओडी नेपाल लागिपरेको उल्लेख गरे ।
विद्यालय व्यवस्थापन समितिका ज्येष्ठ सदस्य देवीप्रसाद त्रिपाठीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष परशुराम बरालले धेरै मेहनेतले प्राप्त सीप योजनालाई राम्रोसँग सिकेर विद्यालय र भविष्यको जीवनलाई सहज बनाउन सहभागि ३० जना विद्यार्थीलाई अनुरोध गरेका थिए ।
कार्यक्रममा पोखरा ८ का कार्यवहाक अध्यक्ष गोविन्द बरालले गण्डकी प्रदेशमा नमुना कार्यक्रम भएको बताए । विद्यालयका प्रअ देवीप्रसाद बस्ताकोटीले सञ्चालन गरेको सभाका शिक्षक अभिभावक संघका अध्यक्ष केदार धमलाले प्राविधिक ज्ञानले भविष्यमा आईपर्ने चुनौतिलाई पार गर्न सहज हुने भएकाले फस्ट ब्याचले सफलता प्राप्त गर्न आजैबाट मिहनेत गर्न आग्रह गरेका थिए ।

जनप्रिय माविका कक्षा ११ मा अध्ययनरत करिव ३ सय ५० विद्यार्थीबाट छनौट भएका ३० जना र वैकल्पिक ५ जना विद्यार्थीलाई २ वर्षे कम्प्युटर शिक्षा प्रदान गरेर सिधै रोजगारमा जोड्ने जनशक्ति उत्पादन गर्ने विद्यालयका शिक्षक विष्णुहरि त्रिपाठीले जानकारी दिए । जनप्रिय माविले विगतमा सिभिल इन्जिनियरिङ कक्षा सुरु गरेसँगै ल्यापटपबाट कम्प्युटर कक्षा सुरु गरेको शिक्षक अभिभावक संघका शिक्षक–कर्मचारी प्रतिनिधि धिरज थापाले जानकारी दिए । करिव १ हजार ८ सय विद्यार्थी अध्ययनरत जनप्रिय माविले प्राविधिक शिक्षालाई प्राथमिकता दँदै आएको छ । पोखरा महानगरपालिका, एसओडी नेपाल, ड्रिम फाउन्डेसन कोरियाको सहयोग तथा जनप्रिय माविको प्रयासले प्राप्त परियोजनालाई व्यवस्थित बनाउन विद्यालय परिवार लागिपरेको विद्यालयका सहायक प्रअ ऋषिराम अधिकारीले जानकारी दिएका छन् ।
विद्यार्थी दिपेन्द्र गुरुङ, उमरफू्रक अन्सारी, रिनिशा खत्री, नविन थापा, गौरव गुप्ता, लोभेन्सन रानामगर, निमेश गुरुङ, रोजिना चालिसे, निश्चल बसेल, सलिना नेपाली, सिद्धान्त सार्की, हेमजार बुढा, अज्जना गिरी, सुशान्त थापा, कृष्मा पहारी, झरना मगर, जोया भण्डारी, आयुष खड्का, आशिष कुमार बानिया, ऐश्वर्य देवकोटा, अनुष्का मगर, गोविन्द थापा, सोनिया मगर, कुलप्रसाद रसाईली, मौषम थापा, भावना पौडेल, दिक्षा झेडी, विजय नेपाली, आर्यन नेपाली र सोनिका जलारी रेहका छन् । कम्प्युटर सीप सिक्न अन्जली नेपाली, अपेक्षा रोक्का, प्रेमा श्रेष्ठ, सागर लामिछाने र युजिना गुरुङ बैकल्पिक लिस्टमा रहेका छन् ।