सहारा क्लब पोखराका अध्यक्ष केशवबहादुर थापालाई पितृशोक परेको छ।
उनका पुजनीय पिता एकप्रसाद थापा मगरको उपचारका क्रममा आइतबार बिहान ७ बजे हरियोखर्क अस्पतालमा निधन भएको हो ।
लामो समयदेखि क्यान्सर रोगबाट पीडित उनी ८१ वर्षका थिए।
यसअघि, काठमाडौं तथा पोखराका विभिन्न अस्पतालमा उपचारार्थ लगिएकामा पछिल्लो समय थेरापीका लागि हरियो खर्क अस्पताल लगिएको थियो ।
कास्कीको पुरानो गाउँ रुपाकोट भएका उनी हाल पोखरा–९, बसपार्क बस्दै आएका थिए ।
एकप्रसादका एक छोरा केशवबहादुर थापासहित ४ छोरीहरु हुन् । छोरीहरुमा जेठी सुशीला थापामगर, माहिली मनकुमारी थापामगर र कान्छी गीता राई हुन् । साहिँली टपमाया राईको निधन भइसकेको छ ।
एकप्रसाद र पत्रकार रुद्रबहादुर थापा सहोदर दाजुभाइ नाताका हुन् ।
स्व. एकप्रसादको आइतबार नै अन्त्येष्टि हुने परिवारजनले जनाएको छ ।
पोखरा बसपार्कदेखि बिहान करिब ११ बजे शवयात्रासहित सेती किनार रामघाटस्थित बौद्ध अर्घौ सदन (गीता मन्दिर नजिक) अन्त्येष्टि हुने सहारा क्लब पोखराका कोषाध्यक्ष लीलबहादुर थापा मगरले जानकारी दिए ।
