कांग्रेसका पूर्वमहामन्त्री डा शशांक कोइरालाले पार्टी फुटिसकेको बताएका छन् । आइतबार विराटनगरमा आयोजित संस्थापन इतर पक्षको भेलामा बोल्दै कोइरालाले पार्टी दुई टुक्रा भएको भन्दै एक मात्र विकल्प एकता रहेको बताए ।
‘२०४८ मा गिरिजाप्रसाद कोइरालाले ठूलो परिवर्तन गर्नुभयो । कांग्रेस नै परिवर्तनको पक्षमा उभिएको थियो । के गगन थापाले एक्लै पार्टी चलाउन सक्नुहुन्छ र ?,’ उनले भने ।
शशांकले कोइराला निवास जाँदा आफ्नो आँखाबाट आँशु आएको बताए ।
‘आज कोइराला निवास गएँ, आँखाबाट आँशु आयो । तर, कांग्रेस आज टुक्रिएको छ, टुक्राइएको हो । अदालतले टुक्रा बनायो, यो गलत थियो । अब पार्टी एकता गरेर अघि बढ्नुपर्छ । गाउँभरि कांग्रेस छन्, तर भोट गएन,’ उनले भने ।
शशांकले पार्टी एकताको नेतृत्व डा. शेखर कोइरालाले गरिरहेको बताए ।
