एक्स-रे छैन, नाम भने ‘पोखरा विश्वविद्यालय शिक्षण अस्पताल !’

विमल न्यौपाने

पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको स्थापना भएको झण्डै ३ बर्ष भयो होला। आज घर आँगनैकै सेवा लिनका लागि पहिलो पटक अस्पताल पुगे।

छिर्दै गर्दा देखे करिब १० भन्दा बढी बिशेषज्ञ डाक्टरहरुको सेवा। खुशी लाग्यो। तर मेरो खुशी धेरै समय टिकेन।नाम दर्ता गरेपछी उपचारका लागि करिब १० बिशेषज्ञ डाक्टरहरुको नेमप्लेट र कक्ष कटेर आफ्नो सेवा लिन डाक्टर समक्ष पुग्दै गर्दा मेरो खुशी टिकेन। उपचारका लागि डाक्टरले हेर्दै गर्दा भन्नुभयो ‘एक्स-रे मेसिन बिग्रिएकोले थप उपचार सम्भव भएन।’

पोखरा ३० मा यो बाहेक शिशुवा अस्पताल र प्रादेशिक अस्पताल छन्। जहाँ यति धेरै बिशेषज्ञ सेवा छैनन् तर बिरामीहरुको भिड नै रहन्छ। जहाँ बिशेषज्ञ सेवा छ त्यहाँ सामान्य एक्सरे मेसिन नहुँदा सबै बिशेषज्ञ जनशक्ति नै फुर्सदमा छन्।

अनौपचारिक कुराकानीमा सुने अस्पतालले किनेर ल्याएको विशेष प्रकृतिको लाखौ पर्ने अर्को एक्स-रे मेसिन ल्याएर थन्काएको महिनौ भयो रे तर जडान नगरेको कारण बिरामीहरु मर्कामा छन्।

लाखौ पर्ने मेसिन किन्ने, तर सेवा नदिने र हजारमा सिमित रहेको मर्मत कार्य नगरेर कयौ बिरामी फर्कदै गरेको दृश्यले बिश्वबिद्यालयको कार्यकुशलता स्पष्ट देख्ने (अनुभुति गर्ने)अवसर मिल्यो।

विश्वविद्यालयको अस्पतालमा एक्सरे जस्तो सामान्य सेवा नहुने बेथितिले आज साच्चै हाम्रो सार्बजनिक सेवा र सामान्य जनताले भोगेको दुखको अनुभुति गरियो। यति भन्दै गर्दा उत्तर आउन सक्ला सार्वजनिक खरिद ऐन नै यसको बाधक भनेर।

अस्पतालको यस्तो सेवामा सार्वजनिक खरिद ऐन बाधक भनेर पन्छिने हो भने आकस्मिक सेवा बाट के बिरामीहरु बञ्चित हुनुपर्ने हो त ? आदरणीय अस्पताल निर्देशक ज्यू, पदाधिकारी ज्यूहरु,निमित्त उपकुलपति ज्यू, के यो तपाईहरुको जिम्मेवारी हैन ?

लेखनाथ आसपासका सामान्य क्लिनिकहरुले दिने सेवासम्म दिन नसक्ने, करिव २ महिनासम्म एक्सरे मेसिन नबन्ने शिक्षण अस्पतालले के तपाईको बिश्वबिद्यालयको गरिमा र हजुरहरुको पदको गरिमा धानेको होला त ?

आशा गरौ ,एक्सरे मेसिन नभएररमर्मत नभएर शिक्षण अस्पताल बाट बिरामी नफर्कउन् ।

बिश्वबिद्यालयले लाखौ खर्च गर्ने, दरबन्दी सृजना गर्ने तर हजारमा सिमित हुने एक्सरे मेसिन मर्मत नगरी बिरामी फर्काउने हो भने किन शिक्षण अस्पतालको बोड राख्नु पर्यो ररु के बिश्बबिद्यालयका कक्षाहरुमा मार्कर नभएर नपढाउने,फोटोकपी पेपर नभएर परीक्षा नियन्त्रण कार्यलयले परीक्षा नलिने जस्तै होईन ररु

लेखाईमा मेरो कुनै नियती छैन, बिशुद्ध सेवाग्राहीकारूपमा लेख्दै छु। म चाहान्छु, महिनौ नबनेको एक्सरे मेसिन १ र२ दिनमा बन्ने छ र पुनः यहीबाट मैले सेवा लिनसक्नेछु।

Exit mobile version