खपौदीमा सुन चोरे, बेच्न लैजाँदा किन्ने पनि समातिए

सुनका गरगहना चोरी गर्ने गिरोहलाई पनि कास्की प्रहरीले कानुनको दायरामा ल्याएको छ ।

पोखरा-१८ खपौदीमा घर फोरेर ५ तोला सुन र विभिन्न सामान चोरी गर्ने २७ वर्षका साजन सुनार र चोरीको सुन खरिद गर्ने ५६ वर्षका नारायण लाल विक पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी विरेन्द्रकुमार पासवानले बताएका छन् ।

डीएसपी पासवानका अनुसार उनीहरुबाट १८ लाख १७ हजार रुपैयाँ बराबरको बिगो दाबी गरिएको छ ।

त्यस्तै, अर्को एक घटनामा संलग्न सन्तोष लामिछाने, राजेन्द्र परियार, रोसन परियार, विशाल नेपाली र टिकाराम विश्वकर्मालाई ३ लाख ९६ हजार रुपैयाँ र सुन चोरीको आरोपमा कारवाही गरिएको छ ।

अदालतको आदेश अनुसार उनीहरुमध्ये केहीलाई कारागार चलान गरिएको छ भने केही धरौटीमा छुटेका छन् ।

Exit mobile version