‘आन्दोलनमा सहभागी जेन-जीहरु प्रक्रियागत हिसाबले रिहा हुनेछन्’ – सांसद पौडेल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को गण्डकी प्रदेश अधिवेशन पोखरा सभागृहमा जारी रहँदा सभागृहको मुख्य प्रवेशद्वार बाहिर ‘जेन-जी आन्दोलन मुद्दा सम्बोधन दबाब समूह’ ले धर्ना दिएकाबेला सांसद पौडेलले भेटेका हुन् ।

सो क्रममा पौडेलले कानूनी प्रक्रिया मिलाएर आन्दोलनका क्रममा पक्राउ परेका युवाहरूमाथि लगाइएका मुद्दा फिर्ता गर्न सरकारलाई दबाब दिएको बताए ।

‘जेन-जीहरुले कुनैपनि हिसाबले न्याय पाउनु पर्छ भन्ने मेरो मान्यता हो’ पौडेलले भनेका छन् ‘भविष्यमा पुनः मुद्दा नदोहोरिने हिसाबले रिहा गर्न सरकारले समेत गृहकार्य गरिरहेको छ ।’

पौडेलले जेन-जी आन्दोलनका सहभागीलाई न्याय दिने प्रतिबद्धता जनाएका छन् ।

आफु सदैव जेनजीका पक्षमा रहेको बताउँदै उनले रिहाईका लागि सरकारसँग बाराम्बार माग गरिरहेको बताए ।

जेनजीका परिवारजनले उनीहरूलाई न्याय दिनुपर्ने माग राख्दै समूहले प्लेकार्डसहित प्रदर्शन गरेको हो।

धर्नामा सहभागीहरूले आन्दोलनका क्रममा पक्राउ परेका युवाहरूमाथि लगाइएका मुद्दा राजनीतिक पूर्वाग्रहका आधारमा भएको दाबी गर्दै सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।

Exit mobile version