शम्भु श्रेष्ठ/तनहुँ
‘स्वच्छ सफा शहर हाम्रो रहर’ भन्ने मूल नारासहित तनहुँ उद्योग वाणिज्य संघको आयोजनामा वृहत् सरसफाई तथा व्यवसायी सचेतना अभियान सफलतापूर्वक सम्पन्न भएको छ ।
अभियानमा स्थानीय व्यवसायी, महिला समूह, नेपाल प्रहरी, ट्राफिक प्रहरी लगायत विभिन्न सरोकारवाला निकायहरूको सक्रिय सहभागिता देखिएको थियो । बजार क्षेत्रलाई सफा, व्यवस्थित र आकर्षक बनाउने उद्देश्यसहित सञ्चालन गरिएको कार्यक्रममा सडक, पसल अगाडि तथा सार्वजनिक स्थानहरूको सरसफाई गरिएको थियो ।

साथै, व्यवसायीहरूलाई वातावरणीय सरसफाई, फोहोर व्यवस्थापन तथा जिम्मेवार व्यवसायिक आचरणबारे जानकारी दिँदै सचेतना फैलाइएको आयोजकले जनाएको छ ।
आयोजकका अनुसार यस्ता कार्यक्रम आगामी दिनहरूमा पनि निरन्तर सञ्चालन गरिनेछ, जसले स्वच्छता र सामाजिक उत्तरदायित्वप्रति व्यवसायी तथा सर्वसाधारणमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।







