मतगणनामा रास्वपाको लहर: १६१ क्षेत्रमा नतिजा, १२४ सिट जित

काठमाडौं। प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत पहिलो हुने निर्वाचित हुने प्रणाली (प्रत्यक्ष) तर्फको मतगणना जारी रहँदा हालसम्म १६१ निर्वाचन क्षेत्रको अन्तिम परिणाम सार्वजनिक भएको छ ।

निर्वाचन आयोगबाट आज बिहान ६ बजे प्राप्त तथ्यांकअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अत्यधिक अग्रता कायम गर्दै १२४ निर्वाचन क्षेत्रमा विजय हासिल गरेको छ । जारी मतगणनामा रास्वपा थप एक क्षेत्रमा अग्रस्थानमा रहेको छ ।

यसैगरी नेपाली कांग्रेसले १७ निर्वाचन क्षेत्रमा जित हासिल गरेको छ भने एक क्षेत्रमा अग्रता बनाएको छ। नेकपा (एमाले) ले ८ क्षेत्रमा जित हात पारेको छ र एक क्षेत्रमा अग्रस्थानमा रहेको छ ।

अन्य दलतर्फ नेपाली कम्युनिष्ट पार्टीले ७, श्रम संस्कृति पार्टीले ३, राष्ट्रिय प्रजातन्त्र पार्टीले १ र स्वतन्त्र उम्मेदवारले १ निर्वाचन क्षेत्रमा विजय हासिल गरेका छन् ।

मतगणना अझै केही क्षेत्रमा जारी रहेकाले अन्तिम परिणाम सार्वजनिक हुन बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ ।

Exit mobile version