निर्वाचित भएको पहिलो दिनबाट प्रतिवद्धता कार्यान्वयनको काम थाल्छु’ – रश्मि आचार्य

पोखरा । नेकपा एमाले कास्की २ का उम्मेदवार रश्मि आचार्यले चुनाव जितेपछि पहिलो दिनबाट आफ्नो प्रतिवद्धता कार्यान्वयन गर्न थाल्ने उद्घोष गरे। उनले भने, “हामी योजना मात्र बनाउँदैनौं, कार्यान्वयनको प्रष्ट मार्गचित्र सहित अघि बढ्ने छौं ।”

आचार्यले पोखरा १६ का अर्मलाकोटलाई पर्यटकीय क्षेत्रको रूपमा घोषणा गरेर पूर्वाधार विकासमा जोड दिने र अन्य पर्यटकीय स्थलहरूको सबलीकरण गर्ने योजना प्रस्तुत गरे । पोखराको पर्यटनलाई विश्वव्यापी बनाउने र उत्पादनशिल बनाउन थप विकास र प्रचारमा ध्यान दिने उनले उल्लेख गरे ।

सम्पूर्ण कास्की २ का विकास र स्थानीयहरूसँगै अघि बढ्ने आफ्नो प्रतिबद्धता दोहोर्‍याउँदै, आचार्यले क्षेत्रका अन्य महत्वपूर्ण स्थलहरूको समृद्धिको लागि पनि योजनाबद्ध कार्य गर्न प्रतिज्ञा गरे ।

Exit mobile version