पोखरा । गण्डकी प्रदेशस्तरीय महिला तथा पुरुष ह्याण्डबल प्रतियोगिता शुक्रबारदेखि पोखरामा सुरु भएको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा भएको उद्घाटन समारोहमा परिषदका सदस्य रविन्सन प्रजुले शुभारम्भ गरे ।
प्रतियोगितामा बागलुङ, तनहुँ, कास्की, पर्वत र नवलपुरका ८ टोलीको सहभागिता रहेको छ । पहिलो दिन पुरुषतर्फ बागलुङ, तनहुँ र कास्की जित्दै अघि बढे भने महिलातर्फ बागलुङ र कास्कीले जित हात पारे ।
प्रतियोगिता सेमिफाइनल, फाइनल र तेस्रो स्थानको लागि प्रतिस्पर्धासँगै शनिबार सम्पन्न हुनेछ। यस प्रतियोगिताबाट आगामी दशौं राष्ट्रिय खेलकुदका लागि खेलाडी छनोट हुने जानकारी प्रदेश ह्याण्डबल संघका अध्यक्ष केशव पाठकले दिए ।
