२६ औं आदर्श कप:  होराइजन क्लब विजयी

पोखरा। २६ औ संस्करणको आदर्श कप फुटबल प्रतियोगिता अन्तर्गत शनिवारको खेलमा  स्याङ्जाको होराइजन क्लब विजयी भएको छ । 

होराइजनले आयोजक आदर्श क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै अगाडीको यात्रा तय गरेको हो । 

८१ औ मिनेटमा होराइजनका विश्व थापाले  गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।  उनी आजको खेलमा म्यान अफ दि म्याच घोषित भए । 

भोलि (आइतवार) पर्वतको गन्नी एफ सी र तनहुँ फुटबल संघका बिच खेल हुनेछ । 

Exit mobile version