
पोखरा। २६ औ संस्करणको आदर्श कप फुटबल प्रतियोगिता अन्तर्गत शनिवारको खेलमा स्याङ्जाको होराइजन क्लब विजयी भएको छ ।
होराइजनले आयोजक आदर्श क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै अगाडीको यात्रा तय गरेको हो ।
८१ औ मिनेटमा होराइजनका विश्व थापाले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । उनी आजको खेलमा म्यान अफ दि म्याच घोषित भए ।
भोलि (आइतवार) पर्वतको गन्नी एफ सी र तनहुँ फुटबल संघका बिच खेल हुनेछ ।







