पोखरा । पोखराको स्पोर्टस क्यासल फुटसलमा आज देखि प्रथम भिन्तुना फुटसल प्रतियोगिता सुरु भएको छ । पहिलो दिन १३ खेल सम्पन्न भएको प्रतियोगिता संयोजक अनिरुद्र उदासले बताए ।
आज भएको पहिलो उद्धघाटन खेलमा छोरी सुसान टीम विजयी भएको छ । छोरी सुसानले होम टाउन फुटबल क्लबलाई ४–१ ले पराजित गरेको हो ।
दोस्रो खेलमा मिक्की फुटबल क्लब विजयी भएको छ । मिक्की फुटबल क्लबले रत्न समाजलाई ४–० ले पराजित गरेको हो ।
तेस्रो खेलमा बिग सिटी फुटबल क्लब विजयी भएको छ । बिग सिटीले नदिपुर ओरेनजलाई ४–० गोलले पराजित गरेको हो. ।
चोथौ खेलमा नदिपुर युनाईटेड क्लब ब्लु विजयी भएको छ । नदिपुर युनाईटेडले रामपुर युनाईटेडलाई २–० गोलले पराजित गरेको हो ।
पाचौ खेलमा नदिपुर युनाईटेड बल्याक विजयी भएको छ । नदिपुर बल्याकले न्यू ग्यालेक्सीलाई २–१ले पराजित गरेको हो ।
छैठौ खेलमा भिन्तुना फुटबल क्लब विजयी भएको हो । निर्धारित सममा १–१ को बराबरी भए पछि युनाईटेड बर्दशलाई पेनाल्टी सुटआउटमा १–० ले पराजित गरेको हो ।
सातौ खेलमा क्रयास फुटबल क्लब विजयी भएको छ । क्रयास फुटबल क्लबले इन्द्रभारी फुटबल क्लबलाई १–० ले पराजित गरेको हो ।
आठौ खेलमा दिप मण्डला विजयी भएको छ । हुन्छर फुटबल क्लबलाई १–० ले पराजित गरेको हो ।
त्यस्तै आज नै भएको प्रिक्वाटर खेलमा मिक्की फुटबल क्लब विजयी भएको छ । मिक्की फुटबल क्लबले सम्पदा अकिंत स्पोर्टसलाई १–०ले पराजित गरेको हो ।
प्रिक्वाटर क्वाटरको दोस्रो खेलमा बिग सिटी विजयी भएको छ । बिग सिटीले एनके फुटबल क्लबलाई २–० ले पराजित गरेको हो ।
प्रिक्वाटर क्वाटरको तेस्रो खेलमा क्रयास फुटबल क्लब विजयी भएको छ । क्रयास फुटबल क्लबले ग्यालेक्सी फुटबल क्लबलाई ४–० ले पराजित गरेको हो ।
प्रिक्वाटर क्वाटरको चोथौ खेलमा युनाईटेड फुटबल क्लब विजयी भएको छ । युनाईटेडले बाल मन्दिरलाई २–० गोलले पराजित गरेको हो ।
आज भएको प्रिक्वाटरको अन्तिम खेलमा दिप मण्डला विजयी भएको छ । दिप मण्डलाले नदिपुर युनाईटेड क्लब ब्लुलाई ४–१ ले पराजित गरेको हो ।
प्रतियोगिताको विजेताले १ लाख ११ हजार १११ , उपिवजेता हुने टोलीले ५५ हजार ५५५ नगद सहित ट्रफी, मेडल,प्रमाणपत्र प्राप्त गर्ने छन ।
प्रतियोगितामा विधागत तर्फ उत्कृष्ट खेलाडी,उत्कृष्ट डिफेन्डर,उत्कृष्ट गोलकिपर,सर्वाधिक गोलकर्ता,फेयर प्ले टिमले सामान ५ हजार प्राप्त गर्ने छन ।
प्रतियोगिताको सेमिफाईनल र फाईनलमा म्यान अफ दि म्याचलाई नगद १ हजार र ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ ।आज (शनिबार) बिहान १० बजे क्वाटर र फाईनल खेलहरु हुने आयोजकले जनाएको छ ।