पोखरा महोत्सव छात्राबासका लागि गुरुङ परिवार द्दारा ५१ हजार सहयोग

पोखरा । पोखराको अमरसिंह चौरमा जारी पोखरा महोत्सवमा युनाईटेड क्लबले पोखराको लेखनाथ स्थित अर्चलेमा निर्माण गरिने युनाईटेड छात्राबास निर्माणको लागि गुरुङ परिवार द्दारा  ५१ हजार सहयोग प्रदान गरेको छ ।

युनाईटेड क्लबको परियोजना युनाईटेड छात्राबास निर्माणका कास्की पोखरा १६ अर्मलाकोट पुरानो घर भइ हाल पोखरा १२ अन्नपूर्ण टोल निवासी स्वर्गीय छोेरा देव गुरुङको स्मृतिमा बाबा कमल बहादुर गुरुङ आमा रनसुबा गुरुङले युनाईटेड क्लब पोखराको परियोजना युनाईटेड छात्राबास निर्माण सहयोगार्थ ५१ हजार दान स्वरुप पोखरा महोत्सव आयोजक युनाईटेड क्लबका पदाधिकारीहरुलाई प्रदान गरेका हुन ।

शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धन र सेती नदी संरक्षणमा काम गर्दै आइरहेको युनाईटेड क्लबले पोखरा महानगरपालिका वडा नं २७ अर्चलेमा रहेको आफ्नै जग्गामा युनाईटेड छात्राबास निर्माण गर्दैछ ।

उक्त कार्यको महोत्सव अगाडी शिलान्यास भइसकेको र १३ औं पोखरा महोत्सव संमापन संगै निर्माण कार्यलाई अगाडी बढाइने युनाईटेड क्लबका अध्यक्ष लोक बहादुर थापाले बताए ।

 

महोत्सवको तेश्रो दिन शनिवार लोकदोहोरी तर्फ सम्झना लामिछाने मगर, पुरुषोत्तम न्यौपाने, चोलेन्द्र पौडेल, तुलसा क्षेत्री, अमर धिताल, सविना गुरुङ, डिप्लप खाती, नविना सुवेदी नवु, सनम तामाङ लगायतको प्रस्तुती रहने महोत्सव कलाकार ब्यवस्थापन उपसमिति संयोजक गणेश तिमिल्सिनाले जानकारी दिए । त्यसैगरी लाइभ ब्याण्ड तर्फ शनिवार टुकी र स्थानिय कलाकारहरुको प्रस्तुती रहने छ ।

महोत्सवको टिकट रेभल एपको मार्फत अनलाईनबाट समेत बुकिङ गर्न सक्नेछन ।

Exit mobile version