पोखराको अमरसिंहचौरमा आजदेखि युनाईटेड क्लबको आयोजनामा पोखरा महोत्सव सुरु भएको छ ।
महोत्सवको उद्घाटन महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले गरेकी छिन् ।
१४ औं संस्करणको पोखरा महोत्सवबाट युनाईटेड क्लबको आफ्नै जग्गा रहेको पोखरा २७ अर्चलेमा गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई लक्षित गरी निशुल्क शिक्षा प्रदान गर्ने गरी आवासीय छात्रावास निर्माणको लक्ष्य राखेको छ ।
उक्त योजनाको डिपिआर अनुरुप सो जग्गामा २० कोठाको भवन निर्माण हुनेछ । यस वर्ष ३ कोठाको भवन निर्माण भइसकेको र १४ औँ पोखरा महोत्सवको आम्दानीबाट थप कोठा निर्माण गरी आगामी शैक्षिक शत्रदेखि कार्यविधि निर्माण गरी छात्राबास सञ्चालनमा ल्याइनेछ ।
यससँगै पोखरा महोत्सवको प्रवेश टिकटबाट प्रति टिकट एक रुपैयाँ सेती नदी संरक्षणका लागि छुट्याउने छ ।
रवि एण्ड सन्नी इण्डष्ट्रिज प्रालिको बेटर मुख्य प्रायोजक रहेको १४ औं संस्करणको पोखरा महोत्सवमा विद्यालय स्तरीय सामुहिक लोक नृत्य प्रतियोगिता, ठेलो प्रतियोगिता, टिकटक प्रतियोगिताको आयोजना हुनेछ ।
महोत्सवमा विभिन्न सांगीतिक विधातर्फ चर्चित गायक, गायिका र ब्यान्डहरुको प्रस्तुती रहने आयोजकले जनाएको छ ।
