बालेनका ‘अटेरी’ मित्र रास्वपाको केन्द्रीय सदस्य

पोखराका गनेस पौडेल (खडकराज पौडेल) राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सदस्यमा चयन भएका छन् ।

पौडेल अटेरी अभियानका संयोजक हुन् । उनले सोही अभियानमार्फत अघिल्लो स्थानीय चुनावमा पोखरा महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएका थिए ।

चुनाव चिन्ह लौैरो लिएका पौडेल बालेन्द्र साह (बालेन)सँग सोही बेलादेखि निकट रहेका थिए । हाल केन्द्रीय सदस्यमा पनि उनै बालेनको कोटाबाट चयन भएका हुन् ।

साहित्यिक कृृति ‘पैताला’का लेखक पौडेल सार्वजनिक विषयमा आवाज उठाउने र खबरदारी गर्ने हक्की पात्रकारुपमा पनि चिनिन्छन् ।

बालेन पोेखरा आएकाबेला पोखराको वडा १४ निवासी पौडेलको निवासमा बढी समय बिताउने गरेका छन् ।

Exit mobile version