नेपाली कांग्रेसको महाधिवेशनमा कास्कीबाट २२ जना केसका आकांक्षी

नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा कास्की जिल्लाबाट १८ जनाले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् ।

यसअघि सहमहामन्त्री पदमा उमेदवारी घोषणा गरेका कास्की कांग्रेसका सभापति किशोरदत्त बरालसहित सबैले विभिन्न क्लस्टरबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका हुन्।

खुला तर्फको ४५ जना केन्द्रीय सदस्यका लागि कास्कीबाट किरण केसी, डा. कृष्णप्रसाद पौडेल र तिलक रानाभाटको उम्मेदवारी परेको छ। त्यस्तै १५ जना चाहिने खुला महिला तर्फ कास्कीबाट नम्रता बराल, लक्ष्मी पाण्डे र सरिता तिमिल्सिना पगेनीले मनोनयन दर्ता गराएका छन्।

८ जना चाहिने खस आर्य महिला तर्फको केन्द्रीय सदस्यमा कास्कीकी हिरा भट्टराईको उमेदवारी परेको छ। खस आर्य तर्फको खुला केन्द्रीय सदस्यमा कास्कीका कृष्णबहादुर केसीले उम्मेदवारी दिएका छन्।

जनजातिर्फ माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मीनबहादुर गुरुङले उम्मेदवारी दिएका छन् । विभिन्न विषयगत र सामाजिक क्लस्टरबाट पनि कास्कीका नेताहरू चुनावी मैदानमा उत्रिएका छन्।

अल्पसंख्यक तर्फको केन्द्रीय सदस्यमा देवेन्द्रकुमार शेरचन र पेसागत तर्फको केन्द्रीय सदस्यमा इन्जिनियर यामकृष्ण पौडेल र डा. विनायक पण्डितको उम्मेदवारी परेको छ। ३५ वर्ष मुनिको युवा तर्फको केन्द्रीय सदस्यमा सौगात थापा र श्रमिक तर्फको केन्द्रीय सदस्यमा जितबहादुर गुरुङले मनोनयन दर्ता गराएका छन्।

दलित तर्फको केन्द्रीय सदस्य पदमा कास्की -३ का मनबहादुर बिश्वकर्माले पनि उम्मेदवारी दिएका छन्।

कास्की जिल्ला घर भई हाल विभिन्न मुलुकमा बस्दै आएका अन्य चार जनाले पनि केन्द्रीय सदस्यमा उमेदवारी दर्ता गराएका छन्। नेपाली जनसम्पर्क समितिको तर्फबाट २ जना महिला केन्द्रीय सदस्यका लागि गैरआवासीय नेपाली संघकी पूर्वअध्यक्ष रवीना थापाले उम्मेदवारीदिएकी छन्।

युरोप क्षेत्रबाट कास्कीका पूर्ण तिमिल्सिना र विश्वआदर्श पण्डितले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन्। मध्यपूर्व क्षेत्रबाट बिमल सुवेदीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएका हुन्।

Exit mobile version