नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा उपसभापति पदका उम्मेदवार देवराज चालिसेले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।
नेपाली कांग्रेसका प्रवक्ता समेत रहेका चालिसेले उम्मेदवारी फिर्ता लिएको निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिएका छन्।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा बिभिन्न पदमा उम्मेदवारी दिएका नेताहरुले धमाधम उम्मेदवारी फिर्ता लिन थालेका छन् ।
यसअघि सभापति पदका उम्मेदवार किशोरसिंह राठोरले आफ्नो उम्मेदवारी फिर्ता लिएका थिए ।
राष्ट्रिय सभागृहमा पत्रकार सम्मेलन गर्दै राठोरले पार्टी संकटमा रहेका बेला मिलेर अघि बढ्नुपर्ने गगन थापाको प्रस्तावलाई समर्थन गर्दै आफूले उम्मेदवारी फिर्ता लिएको बताएका हुन्।
त्यस्तै उपसभापतिमा उम्मेदवारी दिएका डा. मिनेन्द्र रिजालले पनि उम्मेदवारी फिर्ता लिएका थिए ।
