सकियो बयान, फुुकुवा भयो ‘स्थानहद’

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई लगाइएको स्थानहद फुकुवा गरिएको छ।

गत भदौ २३-२४ गतेका घटनासम्बन्धी जाँचबुझ आयोगले ओलीमाथि लगाएको स्थानहद सोमबार फुकुवा गरेको हो ।

आयोगले आइतबार ओली निवास गुण्डूमै पुगेर उनको बयान लिएको थियो। बयान सकिएसँगै स्थानहद फुकुवा गरिएको हो ।

पूर्वप्रधानमन्त्री ओलीले आयोगका अध्यक्ष गौरीबहादुर कार्कीमाथि अनेक उठाउँदै सिंहदरबारमा गएर बयान दिन तयार थिएनन्। तर आयोगले आइतबार एकजना सहसचिवलाई गुण्डू पठाएर लिखित बयान लिएको हो ।

पत्र लिएर गएको आयोगको टोलीलाई ओलीले लिखित बयान नै दिएका हुन् । उनले आइतबार नै उक्त प्रकरणमा राष्ट्रिय मानवअधिकार आयोगमा पनि अढाई घण्टा लामो बयान दिएका छन् ।

Exit mobile version