आगामी शनिबारदेखि पोखरामा एघारौं राष्ट्रिय ज्ञानमाला सम्मेलन २०८२ आयोजना हुने भएको छ ।
पोखरामा आज पत्रकार सम्मेलनमार्फत सम्मेलनबारे जानकारी दिँदै ज्ञानमाला संघ, काठमाण्डौका अध्यक्ष रमना श्रेष्ठले पुस २६ देखि २८ गतेसम्म सम्मेलन आयोजना हुने बताए ।
शनिबार बिहान झण्डोत्तोलनमार्फत उद्घाटन हुने सम्मेलनमा धर्मशीला बुद्ध बिहार, नदीपुरदेखि पोखरा सभागृहसम्म शान्ति पदयात्रा हुन अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
भन्ते अग्ग सद्धम्म जोतिकधज प्रमुख अतिथि रहेको सम्मेलन न्यूरोडस्थित पोखरा सभागृहमा हुनेछ ।
सम्मेलनमा ज्ञानमालामा आबद्ध गुरु माँ, उपासक एवं उपासिकाहरुको सहभागिता रहनेछ ।
त्यस्तै, आइतबार ज्ञानमाला गोष्ठी, भजन प्रस्तुती र सोमबार सम्मेलन समापन समारोह रहेको छ ।
सम्मेलन ज्ञानमाला संघ, धर्मशीला बुद्ध विहार, नदीपुरको व्यवस्थापनमा हुने संघ पोखराका अध्यक्ष भरतराज शाक्यले बताए ।
‘बुद्धको उपदेश अनुशरण गरौं, चित्तलाई हामी परिशुद्ध गरौं’, भन्ने मूलमन्त्रका साथ आयोजना हुने सम्मेलनमा सहभागी भइदिन सम्पूर्णमा आयोजकले अपील गरेको छ ।
