नेकपा एमाले समर्थित भातृ संस्था अखिल नेपाल किसान महासंघ, गण्डकी प्रदेशले आज पोखरामा प्रदर्शन गरेको छ ।
मानवअधिकारचोकमा आयोजित प्रदर्शन एवं सभामा किसानहरुले कृृषिजन्य उत्पादनलगायतमा कृषि बीमा अनिवार्य गरी सेवा दिन माग गरेका छन् ।
बीमासँगै प्रदर्शनकारीले किसानलाई राज्यले अनिवार्य पेन्सन उपलब्ध गराउनु पर्ने मागसमेत गरे ।
त्यस्तै, कृषि उत्पादनको आधारमा अनुदान दिनुपर्ने, जलवायुमैत्री कृषि प्रणाली अवलम्बन गर्नुपर्ने, कृषि नीति निर्माण गरी लागु गर्नुपपर्ने जस्ता उनीहरुको माग छ ।
महासंघले विभिन्न माग समेटी प्रदेशका कृषिमन्त्रीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको जानकारी दिँदै किसानको हितमा निरन्तर आन्दोलन गर्ने जनाएको छ ।
