डा. सुधा गौतम
नमस्कार ।
आज विश्व प्रतिजैविक प्रतिरोध अर्थात् एन्टिमाइक्रोबियल रेसिस्टेन्स आगामी मंसिर २ देखि ८ गतेसम्म मनाउने सन्दर्भमा म यहाँहरु सबैलाई यो विषयको महत्वको बारेमा केही कुरा राख्न चाहन्छु ।
यहाँहरुलाई थाहा नै छ, हामीले एन्टिबायोटिक र अन्य एन्टिमाइक्रोबियल्सहरूको जथाभावी प्रयोग गर्छौ धेरै अवस्थामा, जसले गर्दाखेरि एन्टिबायोटिक रेसिस्टेन्स भन्ने अवस्था सिर्जना हुन्छ । र हामीलाई सामान्य औषधीले नछोएर, अलि हाम्रो बिमारी नै पनि निको नभएर गम्भिर स्वास्थ्यमा असर पर्ने अवस्थासम्म हामी पुग्न सक्छौँ । त्यसैले हामीले जचाएर आवश्यक मात्रामा र आवश्यक औषधी मात्रै प्रयोग गर्नुपर्छ ।
जथाभावी एन्टिबायोटिक औषधी किनेर अथवा अन्य कुराले हामीले पशुपन्छीको आहारमा होस् अथवा हाम्रो खाद्य सामग्रीहरूमा होस्, हामी यस्ता जैविक प्रतिरोधी औषधीहरूलाई हामी मिसाएका छौँ भने, त्यस्तो खुराकले पनि हामीलाई त्यो रेसिस्टेन्स भन्ने अवस्था, जसमा कि यस्ता एन्टिबायोटिक औषधीहरूले काम गर्न छोडेको अवस्था हुन्छ । र हाम्रो अस्पतालहरूमा आइपुग्ने बिरामीहरूमा विभिन्न औषधीहरूले काम नगर्दा–नगर्दा अति नै कडा खालका औषधीहरू दिनुपर्ने र त्यो औषधीले पनि निको नहुने अवस्था सिर्जना हुन सक्छ ।
त्यसैले, यो अवसरमा म यहाँहरू सबैलाई एकदमै जिम्मेवार भएर, चिकित्सकले लेखेको औषधी पूर्ण डोजमा र आवश्यक मात्रामा खानुहुन अनुरोध गर्दै अनावश्यक जथाभावी औषधी, एन्टिमाइक्रोबियल औषधी, खासगरी, प्रयोग नगरीकन, यो प्रतिजैविक प्रतिरोधका लागि एउटा असल, जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्दै, आफू पनि जिम्मेवार बनौँ र हाम्रो समुदायमा अन्यलाई पनि यो ज्ञान बाँडेर, सबैको सहभागितामा हाम्रो देशबाट एन्टिमाइक्रोबियल रेसिस्टेन्स भन्ने, प्रतिजैविक प्रतिरोध हुने औषधीका रेसिस्टेन्स कम गर्नलाई सक्रिय भूमिका खेलौँ भन्ने अनुरोध गर्न चाहन्छु ।
यहाँ सबैमा सुस्वास्थ्यको कामनासहित बिदा हुन्छु ।
(डा. गौतम स्वास्थ्य तथा जनसंख्या मन्त्री हुन् ।)
