राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता सन्तोष परियारले आजदेखि पार्टी छोडेका छन् ।
परियारले पार्टीका कार्यवाहक सभापति डीपी अर्याल र महामन्त्री कविन्द्र बुर्लाकोटीलाई राजीनामा बुझाएको बताइएको छ ।
रास्वपामा अध्ययनशील, तार्किक र बौद्धिक नेताकारुपमा चिनिएका परियारले बिहीबारै एक लामो स्टाटस लेखेर रास्वपा छाड्ने संकेत गरेका थिए । जसमा उनले आफुलाई वामपन्थी रुझान भएको व्यक्तिकारुपमा चिनाउन खोजेका थिए ।
परियार सम्भवतः जनार्दन शर्मा, सुदन किराती लगायतले सुरु गर्न लागेको प्रगतिशील राष्ट्रिय अभियानमा सहभागी हुने आंकलन गरिएको छ ।
परियार विघटन भएको प्रतिनिधिसभामा रास्वपाका प्रमुख सचेतक थिए ।
