आन्दोलनमा लुटपाट र आगजनीमा संलग्न रोशन र विमला पक्राउ

जेनजी आन्दोलनका दौरान पोखराका विभिन्न स्थानमा लुटपाट, तोडफोड र आगजनीमा संलग्न भएको आरोपमा कास्की प्रहरीले आज २ जनालाई पक्राउ गरेको छ ।

त्यस्ता कार्यमा संलग्नहरुको खोज, अनुसन्धान गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय, कास्कीको टोलीले उनीहरुलाई पक्रेको हो ।

पक्राउ पर्नेमा कास्की, मादी ५ का २५ वर्षीय रोशन सापकोटा र पोखरा १७ घारीकुलोकी ३८ वर्षीया बिमला सापकोटा रहेकी छिन् ।

सापकोटद्वयलाई लुटपाट गर्न र विभिन्न व्यक्तिको घर तोडफोड गर्न उक्साएको आरोपसमेत छ ।

उनीहरुलाई आपराधिक उपद्रव गर्न नहुने कसुरमा कास्की अदालतबाट ४ दिनको म्याद लिई थप अनुसन्धान सुरु गरेको कास्की प्रहरी प्रवक्ता एवं डिएसपी हरिबहादुुर बस्नेतले जानकारी दिए ।

Exit mobile version