पोखराको ट्राफिक कार्यालयबाटै मोटरसाइकल चोर्ने विश्व र देब पक्राउ

जेन–जी आन्दोलनका क्रममा पोखराका विभिन्न कार्यालयमा भएको लुटपाट, तोडफोड र आगजनीमा संलग्न ४ जनालाई प्रहरी पक्राउ गरेको छ ।

आन्दोलनका क्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्की प्रांगणमा पार्किङमा राखिएको मोटरसाइकल चारेको आरोपमा २ जनालाई प्रहरीले पक्रेको छ ।

पक्राउ पर्नेमा पोखरा ५ पस्र्याङका ३६ वर्षीय विश्वराज परियार र पोखरा १३ बस्ने ३२ वर्षीय देबकुमार लोदिया रहेका छन् ।

उनीहरुलाई अदातलबाट ६ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

प्रहरीका अनुसार भदौ २४ गते भएको आन्दोलनका क्रममा विभिन्न सरकारी तथा गैरसरकारी कार्यालय, घर र पसलमा भएको क्षतिसँग सम्बन्धित अनुसन्धानका क्रममा उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा गोरखा स्थायी घर भई हाल पोखरा –५ बस्ने २८ वर्षीय दिपक कुँवर र धादिङ स्थायी घर भई हाल पोखरा –५ बस्ने २३ वर्षीय दिपक राना मगर रहेका छन् ।

उनीहरुलाई शुक्रबार पोखरा ५ स्थित कोठाबाट चोरीका सामान सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्की सूचना अधिकारी प्रहरी नायव निरीक्षक हरीबहादुर बस्नेतले जानकारी दिए ।

उनीहरुको साथबाट कम्प्युटरको सिपियू ३ वटा, मनिटर १ वटा, किवोर्ड, माउस ३-३ वटा, एउटा प्रिन्टर, २ वटा मल्टिप्लग, ३६ वटा सवारी चालक अनुमति पत्र र एउटा मोटरसाइकल बरामद गरिएको उनले बताए ।

उनीहरुलाई अदालतबाट आपराधिक उपद्रव गर्न नहुने सम्बन्धी कसूरमा ४ दिन म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

Exit mobile version