गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज पोखरामा मौलिक घरको शिलान्यास गरेका छन् ।
नयाँबजारस्थित प्रदेश संग्रहालय हातामा शिलान्यास गरिएको मौलिक घरले पुरै संग्रहालयलाई अध्ययन केन्द्रकोरुपमा विकास गर्ने लक्ष्य लिइएको मुख्यमन्त्री पाण्डेले बताए ।
‘नेपालको पर्यटन राजधानी पोखरामा निर्माण हुने मौलिक घरले संग्रहालयलाई अध्ययन केन्द्रको रुपमा विकास गर्न सकिनेछ’ मुम पाण्डले भने ‘यसको निर्माणपछि भिजिटर संख्या बढ्ने, स्थानीय उत्पादन प्रदर्शन र बिक्री गर्न सहज हुने विश्वास लिएको छु ।
गण्डकी प्रदेशको विविधता झल्काउने संग्रहालयले हरेक समुदाय, भुगोल, संस्कृतिको संरक्षणमा ठुलो मद्दत पुग्ने पाण्डेले उल्लेख गरे ।
मौलिक घर गण्डकी प्रदेश सरकार सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालय मार्फत १ करोड ८५ लाख रुपैयाँ लगानीमा आगामी असार मसान्तसम्म निर्माण सक्ने सम्झौता भएको छ ।
