पूर्व बैंकर अनिल केशरी शाहले देशलाई माथि उठाउन देशभित्रै पैसा भएको बताउँदै त्यसको आधार भ्रष्टहरुलाई कानुनी दायरामा ल्याउनु हो भनेका छन् ।
देशभित्र भ्रष्टाचारबाट अकूत सम्पत्ति कमाएका छन् भन्दै शाहले अर्बाै रुपैयाँ राष्ट्रियकरण गर्न सकिने २ उत्तम उपाय सुझाएका छन् ।
केशरीद्वारा दिइएको सुझावको सारः
धेरैजसो आफ्नो पेशागत जीवन बैंकिङ क्षेत्रमा बिताएका कारण, आजकाल धेरै मानिसहरू मलाई सोधिरहेका छन् कि भ्रष्टाचारबाट अकुत सम्पत्ति कमाएको भनिने अर्बौं रुपैयाँलाई राष्ट्रियकरण गर्न र भ्रष्ट व्यक्तिहरूविरुद्ध कारबाही गर्न सरकारले के कस्ता कदम चाल्न सक्छ।
यस सन्दर्भमा म दुईवटा महत्वपूर्ण सुझाव दिन चाहन्छु जुन यथाशक्य चाँडो लागू गर्न आवश्यक छ।
पहिलो, सरकारले सेयर, सवारीसाधन, जग्गामा ठूला लगानी गर्ने र सहकारीमा ठूलो रकम जम्मा गर्ने व्यक्तिहरूको आम्दानीको स्रोत माग्नुपर्छ।
दोस्रो, सरकारले रू. १,००० र रू. ५०० को नोटहरू यथासिघ्र प्रतिबन्ध लगाउनुपर्छ।
यी दुई कदमले भ्रष्टहरूलाई कानुनको दायरामा ल्याउनेछ र सयौं अर्ब रुपैयाँको सम्पत्ति नेपाली सरकारको कोषमा ल्याउनेछ।