यस वर्ष मुस्ताङबाट करिब ३५ करोडभन्दा बढी मूल्यका भेडाच्यांग्रा पोखरा निकासी गरिएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र, मुस्ताङले जनाएको छ ।
पोखरामा यतिबेला मुस्ताङसहित कर्णाली प्रदेशको डोल्पा, मुगु र जुम्लाबाट भेडा र च्यांग्रा ल्याइएको छ । केन्द्रका अनुसार १४ हजार ६६८ भेडाच्यांग्रा पोखरा ल्याइएको छ ।
पोखराको सिम्पानी क्षेत्रमा सरदर ४० हजार रुपैयामा रोज्जा च्यांग्रा किन्न पाइन्छ । मुस्ताङको तुलनामा डोल्पा, मुगु र जुम्लाका च्यांग्राको भाउ केही कम रहेको छ ।
केन्द्रका पशु चिकित्सक डा। लालमणि अर्यालका अनुसार त्यहाँबाट निकासी भएका भेडाच्यांग्रा र रमा (च्यालु)को औसत अनुमान गर्दा ३५ करोड बढीको च्यांग्रा निकासी भएको हो ।
यस वर्ष निकासी भएका भेडाच्यांग्रामध्ये सात हजार ६६८ वटा स्थानीय र छ हजार ८६८ वटा भेडाच्यांग्रा डोल्पा, मुगु र जुम्लाका रहेको उनले बताए । यसमा मुस्ताङको हिस्सा अनुमानित २० करोड रहेको छ ।
जिल्ला बाहिरका व्यापारीले किसानको खोरमै रोजेर लिने च्यांग्राको मूल्य ३५ हजार, भेडाको २८ हजार र रमा (च्यालु) च्यांग्राको मूल्य १२ हजार रहेको जनाइयो ।
तस्बिरः सुरज हजारे दाहाल