गण्डकी प्रदेशबाट वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका, बेपत्ता भएका वा काम नपाएर फर्किएका श्रमिकको संख्या वर्षेनी बढ्दो रहेको तथ्यांकले देखाएको छ ।
आर्थिक वर्ष २०८१/०८२ मा मात्र १ सय ५५ जनाले ज्यान गुमाएका छन् । ती मध्ये ६ जना महिला हुन् ।
जिल्लागतरुपमा हेर्दा सबैभन्दा बढी नवलपुरबाट २७ जनाले ज्यान गुमाएका छन् ।
गोर्खाबाट १५ जना, तनहुँबाट २०, लमजुङबाट १४, कास्कीबाट २२, स्याङ्जबाट २७, पर्वतबाट ७, बागलुङबाट १७ र म्याग्दीबाट ६ जनाले ज्यान गुमाएको आप्रवासी स्रोत केन्द्र तथा वैदेशिक रोजगार बोर्डको तथ्यांकमा उल्लेख छ ।