नयाँलिपिः बुटवलबाट सपरिवार पोखरा घुम्न आएकी महिलाको मृत्यु भएको छ ।
परिवार बसेको लेकसाइडस्थित होटल रुद्राक्षको पाँचौ तलाबाट खस्दा उनको मृत्यु भएको जनाइएको छ ।
गम्भीर घाइते महिलालाई तत्काल गण्डकी मेडिकल कलेज लगिएपनि उपचारकाक्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी एवं सूचना अधिकारी हरिबहादुर बस्नेतले जानकारी दिए ।
मृतक ३२ वर्षीय सरिता भण्डारी रहेको र उनका २ छोरा एवं श्रीमान् छन् । सरिताको मृत्युपछि उनका श्रीमान्लाई कास्की प्रहरीले सोधपुछपछि छाडेको डिएसपी बस्नेतले जनाएका छन् ।
उनीहरु जेठ २९ गते पोखरा आइपुगेका थिए । ‘यद्यपि, अनुसन्धान जारी छ’ बस्नेतले भने ।