जनयुद्धका ‘कमिसार’ र आर्मीको ‘जेल ब्रेकर’ आज घरै फर्किए

नयाँलिपिः नेकपा माओवादी केन्द्रको आज आयोजित पोखरा महानगर सम्मेलनले पार्टीलाई त बलियो बनायो नै सुप्रिमो प्रचण्ड पनि उत्तिकै हर्षित भएका छन् ।

महानगर सम्मेलन र प्रचण्ड कप भलिबलको उद्घाटन गर्न पोखरा आएका प्रचण्डसँगै जोडिएका छन् जनयुद्धताका ज्यान हत्केलामा राखेर हिँडेका ‘कमिसार’ किरण थापा र ‘जेलब्रेकर’ राजु क्षेत्री ।

थापा र क्षेत्री यसअघि बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति हुँदै नेपाल समाजवादी पार्टीका जिम्मेवार पदमा थिए । थापा गण्डकी अध्यक्ष र क्षेत्री कास्की अध्यक्ष रहेका थिए ।

नेसपाको जिल्ला र प्रदेश नेतृत्व छाडेर उनीहरु पुरानै घर फर्किएका छन् । थापा र क्षेत्री पुनः माओवादीमै फर्किएपछि पचण्ड उत्साहीसँगै भावुक पनि बनेका थिए ।

माओवादी तत्कालीन माओवादी जनयुद्धमा जनमुक्ति सेनाको बटालियन कमाण्डर, प्लाटुन कमिसार समेत थिए । पार्टी शान्ति प्रक्रियामा आएपछि सेना समायोजनका बेला उनी राजनीतिक क्षेत्रमा बस्न रुचाए ।

जिल्ला अध्यक्ष त्यागेर माओवादी केन्द्र फर्किएका राजु जनादेश साप्ताहिकको कार्यकारी सम्पादक भइसकेका हुन् । माओवादी जनयुद्धमा भूमिगत रुपमा लागेका उनको उक्त पार्टीसँगको निकटता विद्यार्थीकालबाटै सुरु भएको थियो ।

विद्यार्थी फाँट हुँदै भूमिगत भएका उनलाई जनयुद्धकै बेला नेपाली सेनाले गिरफ्तार गरेको थियो । उनी धादिङको सैनिक ब्यारेक तोडेर निस्कन सफल भएका थिए ।

  • तस्बिरः राधि कँडेल
Exit mobile version