फलोअपः मनोजको हत्या अभियोगमा रानालाई अदालतबाट म्याद थप

नयाँलिपिः पोखराको वन विज्ञान अध्ययन संस्थान नजिकै सोमबार बिहान एक पुरुषको हत्या अभियोगमा पवन रानालाई कास्की जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको छ ।

रानालाई तनहुँका २० वर्षीय मनोज भुजेलको हथौडाले हानी हत्या गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले अदालतबाट ४ दिनको म्याद थप गरेको हो ।

मनोजको शव भेटिएपछि प्रहरीले स्याङ्जा पकवादी गाउँपालिका-९ स्थायी घर भई हाल पोखरा-१४ छिनेडाँडा बस्ने २० वर्षीय ट्याक्टर चालक पवन रानालाई ग १ त ३३२० नम्बरको ट्याक्टरसहित पक्राउ गरेको थियो ।

प्रारम्भिक सोधपुछमा रानाले जन्मदिनको पार्टीपछि फर्कने क्रममा ट्रयाक्टरबाट खसेर मनोजको मृत्यु भएको बताएका थिए ।

सोही ट्रयाक्टरको पाङ्ग्राले कुल्चँदा उनको मृत्यु भएको रानाको भनाई छ ।

Exit mobile version