तनहुँको डुम्रेमा ईभीमाईक्रो र बस दुर्घटना हुदाँ २१ जना घाईते 

शम्भु श्रेष्ठ,तनहुँ पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ ठूल्ढुङ्गामा आज साँझ ईभीमाईक्रो र बस  दुर्घटना हुदाँ २१ जना घाइते भएका छन । 

दमौलीबाट मुग्लिनतर्फ जाँदै गरेको ग१ख ७३२९ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको बा ०१–००६ ख ६५०३ नम्बरको ईभीमाइक्रो दुर्घटना हुँदा बसमा सवार ११ र माइक्रोमा सवार १० गरी २१ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

दुर्घटनामा घाइते हुनेमा बा ०१–००६ ख ६५०३ नं को ईभीमाइक्रो चालक, बसमा सवार तनहुँ व्यास–१० बस्ने २९ वर्षीया आशा दरै, २० महिनाकी साइन दरै, लमजुङ दोर्दी नपा–२ की ३४ वर्षीया गीता थापा कुँवर, निजको छोरी  १८ वर्षीया अंशु कुँवर, नवलपरासी सुनौल नपा–६ बस्ने २६ वर्षीय विशाल लामिछाने, तनहुँको व्यास नपा–१० बस्ने २७ वर्षीय  सोमबहादुर परियार र चितवन भरतपुर मनपा–११ बस्ने ७४ वर्षीय पर्शुराम भट्टराई रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक आशिष बिकले जनाएको छ । 

यस्तै, कास्की पोखरा मनपा बस्ने ४२ वर्षीय मेखकुमार गुरुङ, म्याग्दी बेनी नपा–८ बस्ने ३३ वर्षीय क्षितिज शेरचन दाईने, कास्की पोखरा मनपा–८ बस्ने २५ वर्षीया सम्झना ढकाल, म्याग्दी बेनी नपा–८ बस्ने ३० वर्षीया सजिना पुन, चितवन भरतपुर मनपा २३ वर्षीया रचना भण्डारी, कास्कीको पोखरा मनपा–२९ बस्ने ४२ वर्षीय ध्रुवराज सुवेदी, पोखरा मनपा–३२ बस्ने ३५ वर्षीय सचीन दुवा, महोतरी चुन्म गापा–१ बस्ने २४ वर्षीय सुवासचन्द्र यादव, नवलपुर बुलिनटार गापा– १ बस्ने ३२ वर्षीया सीता श्रेष्ठ, नवलपुर बुलिनटार गापा–१ बस्ने ११ वर्षीय समीर श्रेष्ठ, धादिङ ज्वालामुखी गापा–५ बस्ने ३६ वर्षीय साने विश्वकर्मा, तनहुँको भानु नपा–६ बस्ने ३० वर्षीया साननानी गुरुङ र लमजुङ कोलाहसोथर गापा–५ बस्ने ३८ वर्षीय बखतबहादुर गुरुङ घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेहरु मध्ये  ४ जनाको पोखराको मणिपाल अस्पताल, ८ जना घाइतेको सिएमसी चितवन  र १ जनाको दमौली रत्नहरि  रिफर गरिएको छ । 

अन्य घाइतेको लक्ष्मी हस्पिटल डुम्रेमै सामान्य उपचार भइरहेको जनाएको छ । 

Exit mobile version