पोखरालाई दूव्र्यसनमुक्त बनाउन सरोकारवालाहरु छलफलमा

नयाँलिपिः जिल्ला प्रशासन कार्यालय कास्कीको आयोजनामा पोखरासँगै गण्डकी प्रदेशलाई लागुऔषध दूव्र्यसनमुक्त बनाउन सरोकारवाला निकायहरुले छलफल गरेका छन् ।

छलफलमा लागुऔषधसँगै मदिरा नियन्त्रणार्थ प्रदेशस्तरीय कार्यशाला गोष्ठी पोखरामा सम्पन्न भएको छ ।

गोष्ठीको उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले लागु औषधको प्रयोगबाट सिर्जित समस्या व्यक्ति, घर परिवार, समाज र सिङ्गो राष्ट्रको भविष्यसँग जोडिएको बताउँदै यसको नियमन र नियन्त्रणमा सबै जुट्नुपर्ने बताए ।

मुख्यमन्त्री पाण्डेले लागु औषध दुव्र्यसनीका कारण अपराध, स्वास्थ्य समस्या, बेरोजगारी, पारिवारिक बिखण्डनलगायत बढेको भन्दै सरोकारवालालाई ध्यानाकर्षण गराए ।

‘पोखरा नेपालको पर्यटन राजधानी हो । हाम्रो प्रदेशमा अन्य सबै प्रदेश र विश्वका बिभिन्न देशबाट पर्यटक आउने गर्छन्’ उनले भने ‘पोखरा र गण्डकी प्रदेश आउने पर्यटकलाई यो ठाउँ लागु औषध दुब्र्यशनमुक्त क्षेत्र हो भन्ने पहिचान कायम गराउन जरुरी छ ।’

त्यस्तै, गण्डकी प्रदेशमा घरेलु मदिराको उत्पादनलाई नियमन तथा ब्यवस्थापन गर्न बनेको विधेयक प्रदेश सभामा दर्ता भएको छ । अहिले अर्थ तथा बिकास समितिमा छलफलको क्रममा रहेको छ ।

घरेलु मदिरा उत्पादन र बिक्री बितरणलाई ब्यवस्थित गर्न, रोजगारीको सिर्जना गर्न, बिभिन्न समुदायको धर्म संस्कृती र परम्पराको जर्गेनामा पनि मद्धत पु¥याउने उद्देश्यले विधेयक ल्याइएको उनले उल्लेख गरे ।

Exit mobile version