तीनकुने, कोटेश्वर र सिनामंगलमा कर्फ्यु

एजेन्सीः प्रशासनले तीनकुने लगायत क्षेत्रमा कर्फ्यु लगाएको छ । कोटेश्वर, तीनकुने र सिनामंगल क्षेत्रमा कर्फ्यु जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

शुक्रबार प्रदर्शनकारीहरुले सो क्षेत्रमा तोडफोड गरेपछि अवस्था असामान्य बनेको थियो । अहिले पनि सो क्षेत्र वरपरका संरचनामा राजावादीहरुले तोडफोड जारी राखेका छन् ।

अवस्था नियन्त्रणबाहिर गएपछि जिल्ला प्रशासन कार्यालयले सो क्षेत्रमा कर्फ्यु जारी गरेको छ ।

Exit mobile version