अराजक बन्यो राजावादीको आन्दोलन, भाटभटेनीमा लुटपाट

नयाँलिपिः राजा र हिन्दूराष्ट्र पक्षधरको आन्दोलन अराजक बनेको छ । राजावादी समर्थक प्रदर्शनकारीहरूले कोटेश्वरस्थित भाटभटेनी सुपरस्टोरमा लुटपाट र तोडफोड गरेका छन्।

प्रदर्शनकारिहरूको समूह सुरक्षागार्डसँग हातपात गर्दै सुपरस्टोरमा प्रवेश गरेको थियो र त्यसपछि लुटपाट गर्दै सामान बाहिर निकालेर आगजनीसमेत गरेका थिए।

सञ्चालकले गुनासो गर्दै भने, “प्रहरीलाई सुरक्षा मागेर फोन गरेको थिए, तर अहिलेसम्म कोही पनि आएका छैनन्।” उनीहरूले ३ः५८ बजे आईजीपीलाई फोन गरेको भए पनि कुनै कारवाही भएको छैन।

आक्रोशित समूहले भाटभटेनी सुपरस्टोरको भवनका सिसा फुटाएका छन् र आलोकनगर स्थित एकीकृत समाजवादी पार्टीको कार्यालयमा पनि आगजनी गरेका छन्।

सुरक्षाकर्मीको अभावमा प्रदर्शनकारीहरूको हिंसा बढ्दै गएकाले उनीहरू कोटेश्वरका गल्ली–गल्लीमा हिंड्दै माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडातर्फ अगाडि बढेका छन्। यस क्रममा उनीहरूले कारमा आगजनी र एक मोटरसाइकलमा तोडफोडसमेत गरेका छन्।

Exit mobile version