नयाँलिपिः गण्डकी युनिभर्सिटीका कूलपति प्राडा गणेशमान गुरुङको कार्यकाल फागुन ३ गते सकिएपछि रिक्त पदमा ७ जनाले आवेदन बुझाएका छन् ।
आवेदन बुझाउनेमा प्राध्यापक कृष्णप्रसाद गौतम, प्राडा विश्वकल्याण पराजुली, प्राडा नवराज देवकोटा, डा. कृष्णप्रसाद अधिकारी, प्राडा कुश्माकर न्यौपाने, प्राडा इन्द्रप्रसाद तिवारी र प्राडा सरोज कोइराला छन् ।
युनिभर्सिटीले फागुन २१ बाट १५ दिनको म्याद राखेर सूचना जारी गरेको थियो ।
संस्थापक कूलपति प्राडा गुरुङको कार्यकाल सकिनु अगावै विश्वविद्यालय ऐन अनुसार सिफारिस समिति गठन गरी दरखास्त आव्हान गरिएको हो ।