नयाँलिपिः पोखरा भ्रमण वर्ष–२०२५ मा २० लाख पर्यटक भित्र्याउन यतिबेला पोखराको जम्बो टोली चीनको छेन्दु सहरमा प्रचारप्रसारमा व्यस्त छ ।
भ्रमण वर्ष सफल बनाउन पोखरा महानगर प्रमुख धनराज आचार्य नेतृत्वको टोली पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट सिचुवान एयरलाइन्सको उडानमार्फत चिनको छेन्दु हुदै सुन्दर नगरी लुजाउ पुगेको छ ।
नेपाल चिन दौत्य सम्बन्ध कायम भएको ७० वर्ष पुगेको सन्दर्भमा नेपाल भ्रमण वर्ष २०२५ घोषणा गरेको चिनियाँ शहर लुजाउमा भ्रमण टोलीलाई उक्त सहरका मेयर तथा चिनियाँ कम्युनिस्ट पार्टी लुजाउका उपसचिव यु जिआन नेत्रित्वको टिमले भव्य स्वागत गरेको छ ।
मितेरी सम्बन्ध कायम गर्ने कार्य अन्तिम चरणमा रहेको पोखरा तथा लुजाउ शहरका बिच पर्यटन प्रवर्द्धन, संस्कृति, शिक्षा, खेलकुद, आर्थिक विकासमा सहयोग आदनप्रदान गर्ने लगायत दुईपक्षिय हितका सन्दर्भमा दुबै सहरका नगर प्रमुखबीच महत्त्वपूर्ण कुराकानी भएको मेयर आचार्यले बताएका छन् ।
मेयर आचार्यले पोखरा र नेपालको पर्यटकीय गन्तब्यहरुबारे चिनियाँ मिडियामार्फत प्रचार गराइदिन आग्रह गरेका छन् । लुजाउका मेयर जिआनले पोखराबारे धेरै सुनेपनि पुग्न नपाएको भन्दै छिटै पोखरा भ्रमण गर्ने बताएका छन् ।
दुई मेयरहरुले नेपाल र चीनको दौत्य सम्बन्ध स्थापनाको ७० वर्ष पुगेको अवसरमा चीनले नेपाल भ्रमण वर्ष २०२५ घोषणा गरेको र पोखराले पोखरा भ्रमण वर्ष मनाइरहेका छन् । लुजाउ ५० लाख भन्दा बढी जनसंख्या भएको सहर हो ।
चीनकै उत्कृष्ट पर्यटन सहरको रुपमा स्थापित लुजाउले विश्वका २ वटा अन्तर्राष्ट्रिय सहरमा भगिनी सम्बन्ध कायम गरेको छ । यता पोखराको भने १२ वटा सहरसँग भगिनी सम्बन्ध छ । तिमध्ये ८ वटा सहर चीनकै छन् ।
मेयर आचार्यको टोलीले लुजाउको साउथवेष्ट मेडिकल युनिभर्सिटी, हुवावे सिचुआन विग डाटा सेण्टरकोसमेत भ्रमण गरेको छ।