स्वर्णंलक्ष्मी सहकारीमा काठमाण्डौं अदालतको आदेशविरुद्ध उच्च जाँदै रवि

नयाँलिपिः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनसँग सम्बन्धित मुद्दाको आदेशविरुद्ध उच्च अदालत जाने भएका छन् ।

स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनसँग सम्बन्धित मुद्दामा काठमाडौै जिल्ला अदालतले गरेको आदेशविरुद्ध पुनरावेदन निवेदन दर्ता गर्न लामिछाने आज पाटन उच्च अदालत जाने भएका हुन् ।

स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनसँग सम्बन्धित मुद्दामा काठमाडौं जिल्ला अदालतले ६० लाख रुपैयाँ धरौटी लिएर थुनामुक्त गर्ने आदेश दिएको थियो।

फौजदारी कार्यविधि संहिताको दफा ६८ बमोजिम धरौटी माग गरिएकोमा चित्त नबुझी सो बेरितको आदेश बदर गरी दफा ६९ बमोजिम साधारण तारेखमा बसी मुद्दा पुर्पक्ष गरी पाऊँ भनि लामिछानेले दफा ७३ बमोजिम उच्च अदालतमा निवेदन दर्ता गराउन लागेको बताइएको छ ।

Exit mobile version